श्रावण १५ २०८२, बिहिबार

राप्रपा महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा

Ads

 

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन्। राणा चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको मृत्यु हुनेगरी भएको दंगामा सहभागी भएको आरोपमा पक्राउ परेका थिए ।

Ads

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार मुखमा क्यान्सर भएको स्थानमा समस्या भएपछि राणालाई श्रीमतीको जिम्मा लगाइएको हो । प्रहरीले क्यान्सर भएको ठाउँमा समस्या देखिएपछि आइतबार राति नै नेता राणालाई श्रीमतीको जिम्मा लगाएको हो ।

 

Ads

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले तीनकुनेको घटनापछि पक्राउ परेका राप्रपा महामन्त्रीको स्वास्थ्य संवेदनशीलतालाई बुझेर रिहा गर्नु स्वागतयोग्य भएको बताए।

उनले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र अन्य नेतालाई थुनामा राख्नु अन्नायपूर्ण र नाजायज भएको बताएका छन्।
उनले आस्थाका आधारमा बन्दी बनाइएका सबैलाई शिना शर्त रिहा गर्न मागसमेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार