श्रावण १५ २०८२, बिहिबार

झापाको चन्द्रगढीमा राप्रपाको बृहत प्रदर्शन, सुरक्षाकर्मीलाई फुलको थुंगा

Ads

 

राष्ट्रिय प्रजातन्त्र पार्टीले झापाको चन्द्रगढीमा बृहत जनप्रदर्शन गरेको छ । खेलकुद रंगशालाबाट शुरु भएको प्रदर्शनी चन्द्रगढी चोक हुँदै बजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय पुगेको थियोे । पार्टीका नेता रवीन्द्र मिश्र लगायतका आस्थाका बन्दीहरुलाई तत्काल रिहा गर्नुपर्ने, गणतन्त्र खारेज गरि राजसंस्था स्थापना गर्नुपर्ने तथा भ्रष्टाचार र व्यथिती विरुद्ध केन्द्रित  प्रदर्शनी पश्चात उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । 

Ads

सुरक्षाकर्मीलाई फुलको थुंगा

 उपस्थित सुरक्षाकर्मीहरुलाई फुलको थुंगा उपहार दिँदै शान्तिपूर्ण प्रदर्शनी आयोजना गरिएको जनाइएको थियोे । 
प्रदर्शनी अघि जिल्ला अध्यक्ष केशव ओझाले भने, शान्तिपूर्ण प्रदर्शनी आयोजना गरिएको छ । कहिँ कतैबाट घुसपैठ भयो भने घुसपैठ गर्ने व्यक्तिलाई तत्कालै समाएर सुरक्षाकर्मीको जिम्मा लगाइने छ ।'

Ads

यद्यपि प्रदर्शनी शान्तिपूर्ण रूपमा नै सम्पन्न भएको थियोे । 

पछिल्लो समय राप्रपाले राजसंस्था स्थापनाको माग गर्दै काठमाडौ लगायत विभिन्न सहरहरुमा जनप्रदर्शनी गर्दै आएको छ । 

ज्ञापनपत्र बुझाए पश्चात जिल्ला प्रशासन कार्यालय गेट अगाडि आयोजित कोण सभालाई सम्बोधन गर्दै राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगर प्रमुख राम कुमार थापाले राजसंस्था स्थापना, संघीयता खारेजी र भ्रष्टाचार विरुद्धको आन्दोलन आगामी दिनमा अझै सशक्त बनाइने चेतावनी दिए । भ्रष्टाचारको जगमा बनेको सरकारको औचित्य समाप्त भएको भन्दै नेता थापाले राजसंस्था स्थापनाको आन्दोलनमा एक्यवद्धता जनाउन पार्टी पंक्तिलाई आग्रह गरे । 
उक्त सभालाई केन्द्रिय सदस्य तथा वाणिज्य समन्वय बिभाग प्रमुख लक्ष्मीप्रसाद संग्रौला, जिल्ला अध्यक्ष केशव प्रसाद ओझा लगायतले सम्बोधन गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार