कोशी प्रदेशका प्रमुख सचिब केदार नाथ शर्माको बिदाइ
बिराटनगर । कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिदाइ गर्नु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक कार्यक्रममा बिच उहाँलाई बिदाइ गरिएको हो । २०८० माघमा कोशी प्रदेशमा निमित्त सचिवको जिम्मेवारी सम्हाल्न आउनुभएका कोशी प्रदेशको प्रमुख सचिव शर्माको सरुवा भएको हो । १ वर्ष ३ महिना कोशी प्रदेश सरकारको प्रमुख सचिवका रुपमा कार्य गर्नुभएका शर्माको विदाइका लागि मुख्यमन्त्री कार्यालयमा फेरी भेटौँला कार्यक्रमको आयोजना गरिएको थियो । प्रदेश सरकारको प्रमुख सचिवका रुपमा उहाँको कार्यकाल निर्विवादित रहेको र स्वच्छ छविको प्रशासकका रुपमा कोशी प्रदेशमा सेवा गरेको भन्दै मुख्यमन्त्री कार्कीले प्रसंसा गर्नुभयो । कार्यक्रममा बोल्दै प्रमुख सचिव शर्माले अनुभव र कार्यका दृष्टिले कोशी प्रदेशको बसाई सुखद भएको प्रतिकृया दिनुभयो । मुख्यमन्त्री तथा प्रदेश सरकारका मन्त्रीहरु, कर्माचारीबाट पूर्ण सहयोग पाएको प्रमुख सचिव शर्माले बताउनुभयो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा शर्माको सरुवा भएको हो ।
प्रतिक्रिया