गौरादहमा ‘उत्कृष्ट ४० उद्यमी’ घोषणा र सम्मान कार्यक्रम सम्पन्न
गौरादह (झापा), वैशाख १६।
गौरादह नगरपालिकामा वृद्धिमुखी उद्यमशीलता रोजगारी प्रवर्द्धन कार्यक्रम (GEEP) अन्तर्गत 'उत्कृष्ट ४० गौरादह उद्यमी घोषणा तथा सम्मान कार्यक्रम' आज सम्पन्न भएको छ। कार्यक्रम गौरादह नगरपालिका सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमका सभापति कोशी प्रदेश संयोजक भविन्द्र विश्वकर्मा थिए भने प्रमुख अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदी रहेका थिए। अन्य अतिथिहरूमार्फत नगर उपप्रमुख जलबर्षा राजबंशी, कार्यालय प्रमुख कृष्णप्रसाद सुवेदी सहभागी थिए।
कार्यक्रमको स्वागत मन्तव्य गौरादह कृषि शाखा प्रमुख शिब नेउपानेले दिएका थिए भने कार्यक्रमको मन्तव्य सञ्जाल संयोजक गोपाल कोइरालाले गरे। कार्यक्रममा उत्कृष्ट ४० उद्यमीहरूको नाम घोषणा गर्दै उनीहरूलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
संस्थाका उद्देश्य र कार्यक्रमबारे प्रदेश संयोजक भविन्द्र विश्वकर्माले प्रकाश पार्दै कार्यक्रम ३ दिनसम्म सञ्चालन हुनेछ र यस अवधिमा व्यवसाय विकास, वित्तीय साक्षरता, उत्पादनको मूल्य अभिवृद्धि, बजार पहुँच विस्तार लगायतका विषयमा व्यावहारिक तालिमहरू प्रदान गरिने जनाए ।
कार्यक्रमको सञ्चालन संस्थाकी फिल्ड अफिसर अस्मिता बुढाथोकीले गरेकी थिइन् ।
प्रतिक्रिया