वैशाख ०८ २०८३, मंगलबार

सर्वोच्च अदालतको आदेशमा रेशम चौधरी थुनामुक्त हुँदै

Ads

 

काठमाडौँ, वैशाख १७।
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ।

Ads

सर्वोच्च अदालतका सह–रजिस्ट्रार अच्युत कुइँकेलले बुधबार कारागार कार्यालय डिल्लीबजारलाई पठाइएको पत्र आधिकारिक नभएको उल्लेख गर्दै उक्त नक्कली पत्र कार्यान्वयन नगर्न निर्देशन दिएका हुन्। साथै, त्यसै पत्रका आधारमा चौधरीलाई पक्राउ गरिएको भए तत्काल रिहा गर्न स्पष्ट आदेश दिइएको छ।

Ads

सर्वोच्चबाट डिल्लीबजार कारागारमा पठाइएको आधिकारिक पत्रमा भनिएको छ, ‘यस अदालतको आधिकारिक निर्णयबिना लेखिएको पत्र अमान्य ठहरिने भएकाले त्यसको आधारमा पक्राउ परेका चौधरीलाई तुरुन्त रिहा गरियोस्।’

चौधरीलाई आज बिहान काठमाडौँको प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरिएको थियो। सर्वोच्च अदालतको पछिल्लो आदेशसँगै केहीबेरमै उनी थुनामुक्त हुने निश्चित भएको छ।

Ads

यसअघि सर्वोच्चले चौधरीलाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गरेको थियो, जसपछि उनी पुनः पक्राउमा परेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार