श्रावण १५ २०८२, बिहिबार

गौरादहमा खानेपानी उपभोक्ता समितिको प्राथमिकतामा सरसफाई र अनुगमन

Ads

 

गौरादह, वैशाख १८ — गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्तासँग प्रत्यक्ष सरोकार राख्ने केही महत्त्वपूर्ण विषयमा छलफल गर्दै विस्तारित बैठक सम्पन्न गरेको छ। समितिको सभा हलमा सम्पन्न बैठक अध्यक्ष नगेन्द्र कार्की (नरेश) को अध्यक्षतामा बसेको हो।

Ads

बैठकमा खानेपानी वितरण, मिटर जडान, सरसफाई अभियान र टोलस्तरीय अनुगमन भ्रमणजस्ता विषयमा गम्भीर छलफल गरिएको थियो। उपभोक्तासँग सूचना आदानप्रदान सहज होस् भनेर ९ सदस्यीय सम्पर्क टोली गठन गरिएको छ। त्यस्तै, टोल समिति पदाधिकारीहरूलाई वैशाख महिनाभित्र अध्ययन भ्रमणका लागि प्रस्तावित नामावली बुझाउन भनिएको छ।

कतिपय स्थानमा अझै खानेपानीको मिटर नपुगेको गुनासो आएको भन्दै त्यसको कारण पत्ता लगाई तथ्यसहित सम्बन्धित निकायमा जानकारी पुर्‍याउने निर्णय पनि बैठकमा गरिएको छ। सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन पानी प्रयोग हुने स्थानहरूमा अनुगमन गरिनेछ र सम्भव भएसम्म सरोकारवाला व्यक्तिलाई सरसफाईबारे जानकारी दिइनेछ। आवश्यक परे स्वयंसेवकसहित सरसफाई अभियान नै सञ्चालन गरिने समितिको भनाइ छ।

Ads

बैठकमा कार्य समिति, लेखा समिति, उपाध्यक्षलगायत सबै पदाधिकारीहरूको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन सहसचिव रमेश थापाले गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार
आषाढ ०६ २०८२,शनिबार