श्रावण १४ २०८२, बुधवार

पत्रकारको योगदानले प्रदेश सरकार उत्तरदायी बन्दै गएको छ : मुख्यमन्त्री

Ads

विराटनगर।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पत्रकारले सूचनाको हक अधिकारको  प्रयोग गरी प्रदेश सरकार एवं यस अन्तर्गतका कर्मचारीहरुमा सुशासन एवं पारदर्शीता कायम गर्ने कार्यमा योगदान पु¥याएको बताउनु भयो ।

  आज विराटनगरमा नेपाल पत्रकार महासङ्घ मोरङले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले सत्यतथ्य विवरण सहितको  सूचना आम जनता समक्ष पु¥याउन महत्वपूर्ण भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो ।

Ads

मुख्यमन्त्री कार्कीले अध्याँरो कोठाबाट लोकतान्त्रिक शासन प्रणाली र आम नागरिकका माथि हुने साइवर हमला कुनै पनि हालतमा सह्य नहुने बताउँदै नेपाल सरकारले यस्ता कार्यलाई तुरुन्त नियन्त्रण गरेर काुननको दायरामा ल्याउनु पर्ने जोड दिनुभयो। ।

उहाँले निजी क्षेत्रको महत्वपूर्ण सहभागितामा हिजो सम्पन्न प्रदेश लगानी सम्मेलनमा रु एक खर्व ५२ अर्व १६ करोडका ४६ परियोजनाले    प्रदेश र मुलुकको आर्थिक समृद्धि, रोजगार सिर्जनामा महत्वपूर्ण उपलव्धी हासिल हुने विश्वास व्यक्त्त गर्नुभयो ।

Ads

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सञ्चारकर्मीहरुले कमलको माध्यमबाट समाजमा रहेका विकृति, भेदभाव, छुवाछुत , बालबाल विवाह,महिला हिंसा नियन्त्रणमा भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिनुभयो ।

महासंघकी मोरङ अध्यक्ष सुशिला पाठक,पुरस्कार कोषका संस्थापक केदारबहादुर बस्नेत,महासंघ केन्द्रीय सदस्य कमल रिमाल,मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेल, प्रदेश अध्यक्ष भरत खड्का, मोरङ उपाध्यक्ष सन्तोष सिग्देल र पूर्व प्रदेश अध्यक्ष लिलावल्लभ घिमिरेले सर्वजनिक निकायलाई पारदर्शी बनाउन एवं जनतामा सूचनाको हकको पहँचमा पुरस्कारले सहयोग प¥याएको बताउनुभएको थियो। कार्यक्रममा पत्रकार महासंघ मोरङले षष्ठीका बस्नेत सूचनाको हक पुरस्कारबाट पत्रकार किशोर बुढाथोकीलाई पुरस्कृत गरेको थियो। सो पुरस्कारको राशि १ लाख १ हजार रहेको छ। सूचनाको हक सम्बन्धी अर्को पुरस्कार झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको छ। सो पुरस्कारको राशि २५ हजार रुपैयाँ रहेको छ। त्यस्तै कार्यक्रममा अग्रज पत्रकार यज्ञ शर्मालाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार