राजसंस्थाको पक्षमा उभिएका नेता खेमराज सेढाईं पक्राउ
काठमाडौँ — नेपाली राजनीतिक वृत्तमा फेरि एकपटक राजसंस्थाको बहस चर्किंदै गर्दा पूर्वकांग्रेस नेता खेमराज सेढाईं पक्राउ परेका छन्। सोमबार सुकेधारस्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजित ‘जनआन्दोलन परिचालक समिति’को बैठकका क्रममा उनलाई पक्राउ गरिएको हो।
उक्त समिति नवराज सुवेदीको नेतृत्वमा क्रियाशील रहँदै आएको छ र राजसंस्था पुनःस्थापनाको मागसहित हिन्दू राष्ट्रको पक्षमा सडक आन्दोलन गर्दै आएको छ। खेमराज सेढाईं हाल सो समितिका सल्लाहकारको भूमिकामा छन्।
तीनकुनेमा गत चैत १५ गते भएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रहरीले त्यस घटनामा संलग्न भएको आरोपमा सेढाईंलाई नियन्त्रणमा लिएको हो। सो दिनको प्रदर्शनमा तोडफोड, आगजनी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो।
यस घटनापछि राप्रपाका रविन्द्र मिश्र, व्यवसायी दुर्गा प्रसाईसहित ८० जना भन्दा बढीलाई पक्राउ गरिएको छ। प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ।
प्रतिक्रिया