चितवनको भरतपुर महानगरपालिकाले निजी विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
चितवन – चितवनको भरतपुर महानगरपालिकाले निजी विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण उहाँले बताउनुभएको छ ।

प्रतिक्रिया