भदौ २६ २०८३, शुक्रबार

गौरादहमै पहिलोपटक ‘ ऐतिहासिक गोल्डेन रोबो बुटक्याम्प’ हुँदै

गौरादह । गौरादह–१ स्थित गोल्डेन सनराइज इङ्ग्लिश सेकेन्डरी स्कूलले गौरादहमै पहिलोपटक ‘Golden Robo Boot Camp’ आयोजना गर्ने भएको छ। विद्यालय हलमा हुने कार्यक्रममा विद्यार्थीले रोबोटिक्स, कोडिङ तथा आधुनिक प्रविधिको व्यावहारिक ज्ञान हासिल गर्नेछन्।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा विद्यार्थीले निर्माण गरेका रोबोट तथा प्रविधिको Robo Exhibition र रोबोटबीचको रोमाञ्चक Robo Race रहने विद्यालयले जनाएको छ। कार्यक्रमले विद्यार्थीमा सिर्जनशीलता, तार्किक सोच, प्राविधिक दक्षता र नवप्रवर्तनको भावना विकास गर्ने अपेक्षा गरिएको छ।

‘Small Steps, Big Innovations’ भन्ने नारासहित आयोजना हुन लागेको बुटक्याम्पले स्थानीय विद्यार्थीलाई प्रविधिको क्षेत्रमा नयाँ अवसर र अनुभव प्रदान गर्ने विद्यालयको विश्वास छ।

प्रतिक्रिया

सम्बन्धित समाचार