श्रावण ३१ २०८३, आइतबार

दैलेखको आठबीस नगरपालिकाको पिपलकोटमा चट्याङ लागेर एक जनाको ज्यान गयो

दैलेखको आठबीस नगरपालिकाको पिपलकोटमा चट्याङ लागेर एक जनाको ज्यान गयो

 

दैलेख – दैलेखको आठबीस नगरपालिका वडा नम्बर ५ को पिपलकोटमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने एक जना  घाइते भएका छन् ।

माझखर्क भन्ने जङ्गलमा हजुरआमासँग गोठाला गएका ३ वर्षीय बालक रोशन बिष्टको ज्यान गएको आठबीस नगरपालिका–५ वडाध्यक्ष बजिरसिंह बिकले जानकारी दिनुभयो ।

हिजो बेलुका चट्याङ लागेर घाइते ४७ वर्षीया कमला बिष्टलाई राकममा प्राथमिक उपचारपछि थप उपचारका लागि गएराति कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याइएको र उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार