श्रावण २९ २०८३, शुक्रबार

गौरादह नगरपालिकाद्वारा लागूऔषध दुर्व्यसनमुक्तिका लागि निःशुल्क तालिममा आवेदन आह्वान

झापा । गौरादह नगरपालिकाले लागूऔषध दुव्र्यसनमा परेका व्यक्ति तथा तिनका परिवारका सदस्यहरूलाई लक्षित गर्दै निःशुल्क तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ। नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै इच्छुक लाभग्राहीलाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको हो।

नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८२/०८३ को अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत लागूऔषध दुर्व्यसनमा परेका गौरादह नगरभित्रका नागरिक तथा त्यस्ता व्यक्तिका एकाघरका परिवार सदस्यलाई लक्षित गरी सिपमूलक निःशुल्क तालिम प्रदान गरिनेछ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा आवश्यक कागजातसहित निवेदन पेश गर्न नगरपालिकाले अनुरोध गरेको छ।

May be an image of ticket stub and text

आवेदनका लागि आवश्यक कागजातमा

लागूऔषध दुर्व्यसनमा परेको व्यक्तिको हकमा अपाङ्गता परिचयपत्रको प्रतिलिपि,

एकाघरका परिवार सदस्यको नाता प्रमाणित हुने कागजात,

र नागरिकताको फोटोकपी समावेश छन्।

नगरपालिकाले लागूऔषध दुर्व्यसनमा परेको व्यक्तिका एकाघरका परिवार सदस्यमध्ये १८ वर्षदेखि ५५ वर्ष उमेर समूह भित्रका व्यक्तिहरूले तालिममा सहभागिता जनाउन सक्ने जनाएको छ।

May be an image of text

प्रतिक्रिया

सम्बन्धित समाचार