फाल्गुण ०५ २०८२, मंगलबार

राप्रपाले भन्यो, 'हल्लाको पछि नलागौं'

Ads


संवैधानिक राजसंस्था पुनःस्थापना, हिन्दुराष्ट्र र संघीय संरचना अन्तर्गतका प्रदेश खारेजीजस्ता मुद्दालाई मुख्य एजेन्डा बनाएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आगामी निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने भएको छ।
पार्टीले झापा–३ बाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र झापा–५ बाट सामाजिक अभियन्ता लक्ष्मीप्रसाद संग्रौलालाई उम्मेदवार घोषणा गरिसकेको छ। यससँगै सहमतिको नाममा फैलाइएका विभिन्न बाहिरी हल्लाहरू निराधार रहेको स्पष्ट पार्दै राप्रपाले त्यस्ता भ्रममा नपर्न नेता–कार्यकर्तालाई आग्रह गरेको छ।
पार्टी स्रोतका अनुसार झापा–३ मा नेकपा एमालेसँग चुनावी समीकरण हुने भन्ने चर्चा पूर्णतः हल्ला मात्र हो। राप्रपा कुनै पनि दलसँग औपचारिक वा अनौपचारिक चुनावी तालमेल नगरी आफ्नै एजेन्डा र शक्ति लिएर जनतामाझ जाने निर्णयमा दृढ छ।
अध्यक्ष लिङ्देन स्वयं उम्मेदवार रहेको झापा–३ मा एमालेसँग सहकार्य हुने भन्ने प्रचारलाई पार्टीले रणनीतिक रूपमा फैलाइएको भ्रम भनेको छ। राप्रपाले स्पष्ट रूपमा भनेको छ— “पार्टी एक्लै चुनाव लड्छ, जनताको मतबाटै आफ्नो हैसियत स्थापित गर्छ।”


पार्टीले अब सबै नेता तथा कार्यकर्तालाई मनोनयन दर्ताको तयारीमा जुट्न निर्देशन दिँदै अध्यक्ष लिङ्देन र उम्मेदवार संग्रौलालाई सफलताको शुभकामना व्यक्त गरेको छ।
राजसंस्था र राष्ट्रिय पहिचानका मुद्दालाई पुनः राजनीतिक बहसको केन्द्रमा ल्याउँदै राप्रपाको यो एकल चुनावी रणनीतिले झापाका निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा हुने संकेत गरेको

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार