राजालाई केन्द्रमा नराखे देश अँध्यारो यात्रामा जाँदैछ - भोजराज दाहाल
झापा: पछिल्लो राजनीति परिस्थितिलाई लिएर त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक भोजराज दाहालले गम्भीर चिन्ता व्यक्त गरेका छन् । पत्रकार टिकाराम यात्री सँगको कुराकानीका क्रममा उनले फागुन २१ को निर्वाचनले देश थप जटिल मोडमा पुगेको भन्दै दाहालले निर्वाचन पछि देश गम्भीर संकट तर्फ उन्मुख भएको गम्भीर खुलासा गरे ।
लामो संवादका क्रममा उनले गणतन्त्र माथि नै गम्भीर प्रश्न गरे । राष्ट्रपतीय प्रणाली नै गलत भएको भन्दै दाहालले राजा बाहेक कसैले देश बचाउन नसक्ने ठोकुवा गरे । अभिभावकीय भुमिकामा रहेको राष्ट्र्पती स्वतन्त्र व्यक्ति नभई राजनीतिक दल बाट छनौट गरिनु नै मुलुकको लागि घातक बनेको निष्कर्ष निकालेका छन् ।
'जेन जी आन्दोलनको आडमा बनेको सुशीला कार्की नेतृत्वको सरकार निर्वाचन गराउन लायकको सरकार हुँदै होईन । सरकारमा बसेकाहरूको अकर्मण्यता देखिदै छ । निर्वाचनको मिति ६ महिना पछि सारेर सर्वपक्षीय सहमतिको सरकार निर्माण गरि निर्वाचनलाई परिणाममुखी बनाइनु पर्छ उनले भनेका छन् ।'

'सेखी झार्ने बहानामा मुलुकलाई बन्दी बनाउने खेल बिदेशी डिजाइन मै भएको स्पष्ट छ ।', उनले भनेका छन् ।
दाहालको निष्कर्ष छ - ओलीको जिद्दी र अहंकारी स्वाभाव, रास्वपाको अस्पष्ट विचारधारा, बालेन पात्र को हुन् भन्ने स्पष्ट बुझाइको अभाव, सरकारको एकपक्षीय शैली र राष्ट्रपतिको अदुरदर्षी चरित्रले देश कहिल्यै उठ्न नसक्ने भुमरीमा फँस्ने स्पष्ट संकेत देखिएको छ ।'

उनले मुलुकलाई संकटबाट मुक्त गर्न स्वतन्त्र बहसको आवश्यकता रहेको औंल्याए ।
दाहाल गौरादह वहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख हुन् ।

प्रतिक्रिया