झापा–५ मा राप्रपाले जिते एम्बुलेन्स उपहार दिने ठकुरीको घोषणा
झापा । प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाका अध्यक्ष हरिजङ शाह ठकुरीले झापा क्षेत्र नम्बर ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार लक्ष्मीप्रसाद संग्रौला विजयी भए यस क्षेत्रका लागि एक थान एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन्।
अध्यक्ष ठकुरीले उक्त घोषणा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। उनले समाजसेवामा सक्रिय रहँदै आएका संग्रौलाको उम्मेदवारीले झापा–५ का जनतामा आशा र विश्वास बढाएको उल्लेख गर्दै स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यले एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनको यस घोषणापछि सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया देखिन थालेको छ भने चुनावी माहोलमा यसले थप चर्चा पाएको छ।
राप्रपाका उम्मेदवार लक्ष्मीप्रसाद संग्रौला यसअघि पनि समाजसेवामा सक्रिय रहँदै आएका व्यक्ति हुन्। स्वास्थ्य, शिक्षा तथा विपन्न वर्गको सहयोगमा निरन्तर योगदान दिँदै आएका संग्रौलालाई यस क्षेत्रका मतदाताले वैकल्पिक र भरोसायोग्य उम्मेदवारका रूपमा हेर्न थालेका छन्।
प्रतिक्रिया