जेष्ठ १७ २०८३, आइतबार

सारथी युवा क्लब गौरादहको पदस्थापन तथा तेस्रो वार्षिकोत्सव सम्पन्न

Ads

 

झापा, गौरादह — सामाजिक संस्था सारथी युवा क्लब गौरादह ले नव निर्वाचित कार्यसमितिको दोस्रो पदस्थापन समारोह तथा संस्थाको तेस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ।
मंगलबार गौरादह उद्योग वाणिज्य  संघको सभाहलमा आयोजित कार्यक्रम संविधानसभा सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यता तथा नगर प्रमुख छत्रपति सुवेदीको विशिष्ट  आतिथ्यतामा सम्पन्न गरिएको कार्यक्रममा जनप्रतिनिधि, शैक्षिक तथा बौद्धिक व्यक्तित्व, स्थानीय संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका अवसरमा गौरादहका अग्रज शैक्षिक व्यक्तित्व  भोजराज दाहाललाई उहाँले शिक्षा क्षेत्रमा पुर्‍याउनुभएको महत्वपूर्ण तथा अमूल्य योगदानको कदर गर्दै “सारथी शिक्षा सेवा सम्मान” प्रदान गरी सम्मानित गरिएको थियो।
त्यसैगरी कार्यक्रमकै क्रममा मदन आश्रित आधारभूत विद्यालय, गौरादह–४ का अति विपन्न विद्यार्थीहरूलाई विद्यालय झोला तथा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको संस्थाले जनाएको छ।
संस्थाका निवर्तमान उपाध्यक्ष  मोन्तोस बिमलीलाई संस्थामा पुर्‍याउनुभएको योगदानको कदर गर्दै उत्कृष्ट सदस्यका रूपमा “सारथी आधारशीला सम्मान” प्रदान गरिएको थियो।
कार्यक्रम सफल बनाउन निमन्त्रणालाई स्वीकार गर्दै उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, सल्लाहकार समिति, निर्वाचन समिति, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, शैक्षिक तथा सामाजिक व्यक्तित्व, संस्थाका कार्यसमिति तथा सदस्यहरू तथा सम्पूर्ण शुभेच्छुकप्रति क्लबले हार्दिक आभार व्यक्त गरेको छ।
संस्थाले आगामी दिनमा पनि प्राप्त सुझाव–सल्लाहलाई आत्मसात गर्दै राम्रो कार्यमा सबैको समर्थन र कमजोरी तथा त्रुटिमा रचनात्मक सुझाव तथा खबरदारीको अपेक्षा गरेको जनाएको छ। समाजको विकास र सेवा गर्ने उद्देश्यका साथ “सदैव समाजको सारथी बन्ने” अभियानमा निरन्तर इमानदार प्रयास जारी रहने संस्थाको प्रतिबद्धता रहेको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार