वैशाख ३१ २०८३, बिहिबार

सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई प्रशासनको निर्देशन

Ads


जिल्ला प्रशासन कार्यालय झापा ले सरकारी तथा सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउने कार्यलाई प्रभावकारी बनाउन जिल्लाका सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाई द्वारा जारी पत्रमा नेपाल सरकारको शासकीय सुधार सम्बन्धी कार्ययोजना अनुसार सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण, अभिलेखीकरण तथा अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाउन आग्रह गरिएको उल्लेख छ।
पत्रअनुसार स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी बसेकाहरूको पहिचान गर्नुपर्नेछ। त्यसमध्ये वास्तविक सुकुम्बासी र अन्य व्यक्तिलाई छुट्याई आवश्यक व्यवस्थापन गर्न भनिएको छ।
त्यस्तै, वास्तविक सुकुम्बासीका लागि सुरक्षित आवास, स्वास्थ्य सेवा, खानेपानी, औषधि उपचार तथा महिला र अपाङ्गतामैत्री सुविधा सहितको अस्थायी व्यवस्थापन योजना तयार गर्न निर्देशन दिइएको छ। आवश्यक सुरक्षा प्रबन्धका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न सकिने पनि पत्रमा उल्लेख छ।
प्रशासनले सरकारी तथा सार्वजनिक जग्गाबाट अतिक्रमण हटाउने कार्य अघि बढाउँदा आम नागरिकलाई पूर्वसूचना दिन र स्थानीय स्तरमा जनचेतना फैलाउन समेत स्थानीय तहलाई आग्रह गरेको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार

No data Available