झापाको वाणी मा. वि. मा २ जना मात्रै उतिर्ण
प्रधानमन्त्री बालेन्द्र साह निर्वाचित झापा निर्वाचन क्षेत्र नं. ५ मा पर्ने कमल गाउँपालिका ६ मा रहेको वाणी मा. वि. मा २ जना विद्यार्थी मात्रै उतिर्ण भएका छन् । सामुदायिक विद्यालयहरूको सार्वजनिक गरिएको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजामध्ये श्री वाणी माध्यमिक विद्यालयको नतिजालाई लिएर स्थानीय स्तरमा चासो र चिन्ता बढेको छ।
विद्यालयबाट परीक्षामा सहभागी १९ जना विद्यार्थीमध्ये केवल २ जना मात्रै उत्तीर्ण भएपछि विद्यालयको शैक्षिक गुणस्तरमाथि प्रश्न उठ्न थालेको हो। सार्वजनिक विवरणअनुसार विद्यालयको उत्तीर्ण प्रतिशत ११ मात्रै रहेको छ, जुन गाउँपालिकाभित्रकै न्यून नतिजामध्ये एक हो।
यसै बिद्यालयको नजिकैको छिमेकी बिद्यालय मंगलमय मा. वि. मा जम्मा १ सय ६४ जना बिद्यार्थी मध्ये १ सय ५४ जनाले पास ग्गर्दा यो बिद्यालयलाई भनें श्वास फेर्नै धौधौ भएको छ ।

स्थानीय अभिभावक तथा शिक्षाप्रेमीहरूले विद्यालय प्रशासन, शिक्षकको जिम्मेवारी, नियमित पठनपाठन तथा शैक्षिक वातावरणबारे टिकाटिप्पणी गर्न थालेका छन्। केहीले विद्यालय सुधारका लागि गाउँपालिका र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
यसैबीच, शिक्षा क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरूले कमजोर नतिजाको वास्तविक कारण पहिचान गरी सुधारात्मक योजना अघि बढाउन आवश्यक रहेको बताएका छन्।


प्रतिक्रिया