गौरादहमा पशुपन्छीको खोप कार्यक्रम सञ्चालन हुने
गौरादह, झापा — गौरादह नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पशुहरूमा देखिने महामारीजन्य रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। पशुपन्छी तथा मत्स्य विकास शाखाले सूचना जारी गर्दै वडा–वडामा खोप कार्यक्रम सञ्चालन गरिने जनाएको हो।
सूचनाअनुसार गाई, गोरु, राँगा, भैंसी, बाख्राबाख्री तथा पाडापाडीमा फैलिने खोरेत (FMD) र भेडा, बाख्रा तथा पाठापाठीमा देखिने पिपिआर (PPR) रोग विरुद्ध खोप लगाइनेछ।
नगरपालिकाले वडागत रूपमा तोकिएको मिति र समयमा बिहान १०ः३० बजेदेखि दिउँसो २ः३० बजेसम्म खोप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। वडा कार्यालयहरूलाई खोप केन्द्र तोकी सहजीकरण गर्न अनुरोध गरिएको छ।
खोप कार्यक्रममा गर्भिणी तथा बिरामी पशुबाहेक ६ महिनाभन्दा माथिका गाईवस्तु र ३ महिनाभन्दा माथिका भेडाबाख्रालाई खोप लगाइने जनाइएको छ।


प्रतिक्रिया