भदौ ०१ २०८३, सोमबार

गौरादहमा विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन माग

गौरादह । गौरादह नगरपालिकाले शैक्षिक सत्र २०८३ मा कक्षा ६ र ९ मा अध्ययनरत विपन्न विद्यार्थीका लागि विपन्न लक्षित छात्रवृत्ति उपलब्ध गराउने भएको छ।

नगरपालिकाको शिक्षा शाखाले सामुदायिक विद्यालयहरूलाई सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवश्यक प्रक्रिया पूरा गरी २०८३ भदौ १० गतेभित्र आवश्यक कागजातसहित विवरण पेश गर्न आग्रह गरेको छ।

सूचनाअनुसार विद्यालयहरूले IEMIS प्रणालीमार्फत विद्यार्थीको विवरण प्रविष्ट गरी PMT Student Verification गर्नुपर्नेछ। कक्षा ६ मा अध्ययनरत विद्यार्थीमध्ये छात्रवृत्तिका लागि ६ जना र कक्षा ९ का लागि ९ जना सम्भावित विद्यार्थी छनोट गरी प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ।

विद्यालयले सम्भावित विद्यार्थीको सूची तयार गरेपछि सम्बन्धित विद्यार्थीको बैंक खातासम्बन्धी विवरणसमेत प्रमाणीकरण गर्नुपर्ने नगरपालिकाले जनाएको छ। विद्यार्थीको विवरण प्रमाणित गर्दा बैंक खाता र अघिल्लो वार्षिक परीक्षाको GPA लगायतका विवरण आवश्यक प्रक्रियाअनुसार IEMIS मा अद्यावधिक गर्नुपर्नेछ।

छात्रवृत्तिका लागि विद्यालयले विपन्न लक्षित छात्रवृत्तिको आवेदन फाराम, कवुलियतनामा र सम्बन्धित विद्यार्थीको बैंक खाताको चेकको प्रतिलिपि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

नगरपालिकाले छात्रवृत्ति वितरण प्रक्रियालाई व्यवस्थित बनाउन सम्बन्धित सामुदायिक विद्यालयहरूलाई तोकिएको समयभित्रै विवरण तथा कागजात पेश गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार