वैशाख ३१ २०८३, बिहिबार

चिकित्सा शिक्षा आयोगले त्रुटि गरेको भन्दै तीन दिनदेखि आन्दोलनरत विद्यार्थीहरू न्याय खोज्दै

आयोगले त्रुटि स्वीकार गर्दै नतिजा सच्याउन र उत्तरपुस्तिका हेर्न दिने बताउँदै आएको छ। तर, विद्यार्थीहरूले उत्तरपुस्तिकाका साथै प्रश्नपत्र पनि हेर्न पाउनुपर्ने माग गरिरहेका छन्। तर, आयोग प्रश्नपत्र दिन तयार भएको छैन। यही कारण मुद्दामा जाने तयारी गरेको आन्दोलनरत एक विद्यार्थीले बताए। ‘उत्तरपुस्तिका र नमुना उत्तरपुस्तिका अनलाइनमा सार्वजनिक गर्नुपर्ने र प्रश्नपत्रसमेत उपलब्ध गराउनुपर्छ। पश्नपत्रविना उत्तर दाँज्न सक्ने अवस्था छैन। आयोगले प्रश्नहरूको विषयमा पनि झुट बोल्दै आएको छ। शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरेकोले कानुनी प्रक्रियामा जान लागेका हौँ।’ आन्दोलनरत विद्यार्थी जीवन सिंहले भने।
Ads

 

संसदीय समितिले आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिइसकेको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा यसबारे छलफल भएको थियो। 

Ads

१ भदौमा प्रवेश परीक्षा लिएको आयोगले गत १४ भदौमा नतिजा सार्वजनिक गरेको थियो। नतिजा सार्वजनिक गर्दा योग्यताक्रम टाइब्रेकरको आधारमा गर्नुपर्नेमा सिम्बोलन नम्बरका आधारमा प्रकाशित गर्दा त्रुटि भएको भन्दै विद्यार्थीहरू आन्दोलनमा छन्। 

प्रतिक्रिया

सम्बन्धित समाचार