श्रावण ३१ २०८३, आइतबार

कैलालीको धनगढी उपमहानगरपालिकाले नगर बस सेवा सञ्चालनमा ल्याए

उपमहानगरपालिका आइतबार जिल्लाको कैलारी गाउँपालिकाको हसुलियादेखि गोदावरी नगरपालिकाको अत्तरिया रुटमा नगर बस सेवा सञ्चालनमा ल्याएको हो ।आइतबार फूलबारी बसपार्कमा एक कार्यक्रम गरेर नगर बस सेवाको उद्घाटन गरिएको हो । आइतबार एक कार्यक्रमकाबीच फुलवारी बसपार्कबाट उपप्रमुख कन्दकला रानाले हरियो झण्डा देखाउँदै बस सेवा औपचारिक रुपमा शुभारम्भ गरेकी हुन् ।

 

 

उपमहानगरले धनगढीकै के एण्ड के कन्स्ट्रक्सनले नगर बस सेवा चलाउने ठेक्का पाएको छ भने ६ वटा बसबाट नगर बस सेवा सुरु गरिएको छ । असोज १ गतेबाट सुरू हुने नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ भने न्यूनतम भाडादर २० रुपैयाँ तोकिएको छ।

नगर बसमा विद्यालय खुलेको दिन धनगढीका बाल बिकास शिक्षक/शिक्षिकाले भने निःशुल्क यात्रा गर्न पाउनेछन् । नगर बस सेवा बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म नियमित रुपमा सञ्चालन हुनेछ । ६ वटै नगर बसमा सिसिटिभी र जिपिएस जडान गरिएको बताइएको छ ।

नगर प्रमुख गोपाल हमालले स्थानीय किसानले आफ्नो कृषि उत्पादन सहजै बजारसम्म पुगाउन नगर बस सेवाको सञ्चालनले सहयोग पुग्ने विश्वास गरेका छन् ।

फूलबारीमा अस्पताल निर्माण, खेलकुद ग्रामको विकास, भोकेस्नल तालिम केन्द्र, गौशाला निर्माण जस्ता विकास निर्माणका काम गर्न उपमहानगर अग्रसर रहेको पनि नगर प्रमुख हमालको दाबी छ ।

नगर प्रमुख हमालले एकपछि अर्को जनपक्षीय काम गर्दै आएका छन् । उनको उपस्थितीले पछिल्लो समय धनगढी उपमहानरपालिकाको स्वरुप नै फेरिन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार