श्रावण ३१ २०८३, आइतबार

नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

 

काठमाण्डौबाट भारतको राजस्थानका लागि छुटेको बस विनयी त्रिवेणी–१ विनयीखोला नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान आरजे १४ पिसी ३५४५ नम्बरको बस अनियन्त्रित भएर सडकमा पल्टिएको हो ।

उहाँका अनुसार बसमा ४५ जना यात्रु रहेकोमा अरु अवस्था सामान्य छ । घाइतेको स्थानीय विनयी त्रिवेणी आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।   

प्रतिक्रिया

सम्बन्धित समाचार