श्रावण ३० २०८३, शनिबार

जनता मा. वि. गौरादहमा नयाँ विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

गुडलक दाहाल /गौरादह, असोज २३ जनता मावि. गौरादहले हरेक वर्षझैं यस वर्ष पनि नयाँ विद्यार्थीहरूलाई स्वागत गर्न भव्य कार्यक्रम सम्पन्न गरेको छ।

यस पटकको स्वागत कार्यक्रममा करिब ७० जना नयाँ विद्यार्थीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सभापतिको भूमिका रुपेस मुर्मुले निर्वाह गरे भने प्रमुख अतिथिका रूपमा विद्यालयका उप-प्रधानाध्यापक थानेश्वोरी ढकालले कार्यक्रमको औपचारिक उद्घाटन गरे।

स्वागत कार्यक्रममा प्रमुख अतिथि थानेश्वोरी ढकालले आफ्नो मन्तव्यमा विद्यार्थीहरूलाई विद्यालय जीवनको महत्त्व र जिम्मेवारीको बारेमा प्रोत्साहित गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिन्। उनले नयाँ विद्यार्थीहरूको आगमनले विद्यालयमा नयाँ ऊर्जा र उत्साह थपेको बताइन्।

कार्यक्रमका अन्य अतिथिहरूमा विद्यालयका सबै शिक्षकहरूको उपस्थिति रहेको थियो। विद्यार्थीहरूले विभिन्न नृत्य, गायन, र कविता वाचन गरेर आफ्नो प्रतिभा प्रस्तुत गरे। यस्ता कार्यक्रमले विद्यार्थीहरूको आत्मविश्वास वृद्धि गर्न र विद्यालय जीवनप्रति थप रुचि जगाउन मद्दत गर्ने विश्वास व्यक्त गरियो।

कार्यक्रम सञ्चालन प्रदीप परियारले गरेका थिए। कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीच सुमधुर सम्बन्ध कायम राख्न र विद्यालयको वातावरणलाई अझ सकारात्मक बनाउन सहयोग पुर्याएको छ।

 

नयाँ विद्यार्थीहरूको स्वागतका लागि हरेक वर्ष आयोजना हुने यस कार्यक्रमले विद्यालय र विद्यार्थीहरूबीचको सम्बन्धलाई सुदृढ बनाउँदै आएको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार