मकवानपुरमा बस पल्टिँदा ३५ जना घाइते भएका छन्

आज बिहान ४ बजेतिर पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–७ समिडाँडामा बस पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।
प्रहरीका अनुसार बस आफैँ अनियन्त्रित भई सडक किनारामा पल्टिएको हो । घाइतेमध्ये २८ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा र अरुको हेटौँडामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया