AI प्रयोगमा उर्जा धेरै चाहिन्छ किन?
AI ले उर्जा धेरै खपत गर्छ । नेपालको बारेमा कुरा गर्दा हाल उत्पादन भएको ३०००+ मेगावाट विद्युतले धान्नै सक्दैन । मुख्य कारणहरू यस्ता छन्:
AI मोडेल विशेष गरी मेसिन लर्निङ र डीप लर्निङ मोडेलहरूलाई विशाल मात्रामा डाटा प्रयोग गरेर प्रशिक्षित गरिन्छ। यसले उच्च प्रदर्शन गर्ने GPU र TPU जस्ता विशेष हार्डवेयरहरूको आवश्यकता पर्छ, जसले धेरै ऊर्जा खपत गर्छ।
AI सञ्चालन गर्ने डाटा सेन्टरहरूमा धेरै कम्प्युटर युनिटहरू चलाउनुपर्छ। यी युनिटहरूले उत्पादित तापलाई ठण्डा गर्न अत्यधिक उर्जा प्रयोग गर्नुपर्छ।
AI प्रणालीहरू, जस्तै च्याटबोट, अनलाइन सर्च आदि २४/७ सक्रिय रहन्छन्। यसले निरन्तर उर्जा आपूर्ति माग गर्छ।
जति ठूलो मोडेल (जस्तै GPT-4 वा GPT-5) हुन्छ, त्यति नै धेरै उर्जा खपत हुन्छ। प्रत्येक प्रयोगकर्ताले सोधेका प्रश्नहरू प्रोसेस गर्न पनि CPU/GPU शक्ति आवश्यक हुन्छ।
AI आजकाल विभिन्न क्षेत्रमा (जस्तै, स्वास्थ्य, शिक्षा, यातायात) लागू भइरहेको छ। यसको प्रयोगले हार्डवेयर र उर्जाको माग बढाइरहेको छ।
नोट: श्रुति नेपाल गौरादह १ स्थित जनता मा. वि. मा कक्षा ९ मा कम्प्युटर इन्जिनियर विषयकी छात्रा हुनुहुन्छ
प्रतिक्रिया