जेष्ठ २२ २०८३, शुक्रबार

राजपरिवार हत्याकाण्ड : रहस्य अझै बाँकी, जनताले मानेनन् आधिकारिक प्रतिवेदन

आज जेठ १९ गते, देशका इतिहासमा एक शोकपूर्ण दिनको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना भइरहेका छन्। वि.सं. २०५८ सालको यही दिन, नारायणहिटी दरबारभित्र आयोजित पारिवारिक भोज कार्यक्रम एक भीषण रक्तस्नानमा परिणत भएको थियो।
Ads

 

काठमाडौं — आज जेठ १९ गते, देशका इतिहासमा एक शोकपूर्ण दिनको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना भइरहेका छन्। वि.सं. २०५८ सालको यही दिन, नारायणहिटी दरबारभित्र आयोजित पारिवारिक भोज कार्यक्रम एक भीषण रक्तस्नानमा परिणत भएको थियो।

Ads

त्यस रात भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज नीराजन, अधिराजकुमारी श्रुति, तथा राजा वीरेन्द्रका भाइ धीरेन्द्र लगायत अन्य राजपरिवारका सदस्यहरूको ज्यान गएको थियो। भोजमा सहभागी अर्ध मूर्छित अवस्थामा भेटिएका युवराज दीपेन्द्रलाई जेठ २० गते राजा घोषणा गरिए पनि, उनको पनि दुई दिनपछि निधन भयो।

पछिल्लो घटनाक्रमअनुसार, तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाहलाई नायब राजाका रूपमा जिम्मेवारी दिइएको थियो। युवराज दीपेन्द्रको निधनपछि जेठ २२ गते ज्ञानेन्द्र शाह औपचारिक रूपमा राजा बने। घटनाको सत्यतथ्य पत्ता लगाउन गठित दुई सदस्यीय छानबिन समितिले दीपेन्द्रलाई घटनाको दोषी ठहर गरे पनि आम जनमानसमा त्यो निष्कर्ष अझै पनि स्वीकार्य छैन।

Ads

यस दुखद दिनको सम्झनामा योगी नरहरिनाथ आध्यात्मिक परिषद्को आयोजनामा ललितपुरको जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पण र श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

राजदरबार हत्याकाण्ड अझै पनि रहस्यले ढाकिएको छ। समय बित्दै जाँदा पनि आम नागरिकका मनमा उठेका प्रश्नहरू अझै उस्तै छन् — जवाफ भने अधुरै।

Ads

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार