चैत्र ०२ २०८२, सोमबार

क्यानडामा लागेको डढेलो भयावह हुँदै, १ सय ६६ भन्दा बढी ठाउँमा फैलियो

पश्चिमी क्यानडामा लागेको डढेलोले भयावह रुप लिंदै गएको छ।  डढेलो  अर्को प्रान्तमा समेत फैलिन थालेको  छ । क्यानाडाको मनिटोबा राज्यको जङ्गलमा शुरूमा १४ ठाउँमा लागेको डढेलो  विभिन्न प्रान्तमा अनियन्त्रित रूपमा फैलिएपछि स्थानीय प्रशासनले आपतकालीन अवस्था लागू गरेको छ ।
Ads

डढेकोका कारण हजारौं मानिसहरु विस्थापित भएका छन् । मनिटोबामा १७ हजार  मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेर त्यहाँ आपतकालीन अवस्था घोषणा गरेको हो ।

क्यानेडियन इन्टरएजेन्सी फरेस्ट फायर सेन्टरका अनुसार अहिले क्यानडाभरि एक सय ६६ भन्दा बढी ठाउँमा आगलागी भइरहेको बीबीसीले जनाएको छ । तीमध्ये ८४ वटा ठाउँको आगो नियन्त्रण बाहिर गएको छ ।

Ads

यसअघि मनिटोबाको राजधानी विनिपेगमा  डढेकोमा परेर २ जनाको ज्यान गएको थियो । क्यानडाका वनमा डढेलोको मौसम मेदेखि सेप्टेम्बरसम्म चल्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार