प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको भद्रकालीमा निर्माण भएको जिल्ला प्रहरी परिसर काठमाण्डाैकाे नयाँ भवन उद्घाटन गर्नुभयो

प्रहरीले भवन निर्माणका लागि भद्रकालीमा खाद्य संस्थानको १५ रोपनी जग्गा पाएको थियो । त्यसपछि यसमा अत्याधुनिक भवन निर्माण गरिएको हो । भवनमा सामाजिक अपराध, लागूऔषध प्रयोग र कारोबार गर्ने, जघन्य अपराध गर्नेलाई छुट्टाछुट्टै राख्न मिल्ने खालको हिरासतसहितको संरचना छ ।
यो भवनमा टेकुबाट काठमाण्डाै प्रहरी गएको असार २६ गते नै सरेको थियो । आज औपचारिक उद्घाटन भएको हो ।

प्रतिक्रिया