नेपालको मानव विकास सूचकाङ्कमा सुधार, एक स्थानले अघि बढ्यो
२७ जेठ, काठमाडौं।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्क प्रतिवेदन २०२५ अनुसार नेपालले विगत वर्षको तुलनामा आफ्नो स्थानमा सानो तर सकारात्मक सुधार गरेको छ।

गत वर्ष १९३ देशहरूमध्ये १४६ औं स्थानमा रहेको नेपाल यस वर्ष एक स्थान उक्लँदै १४५ औं स्थानमा पुगेको हो। सूचकाङ्कको अंकमा समेत प्रगति देखिएको छ — अघिल्लो वर्ष ०.६०५ रहेको मानव विकास सूचकाङ्क (एचडीआई) यो वर्ष बढेर ०.६२२ पुगेको छ।
नेपाल सन् २०१५ यताकै तुलनामा हेर्दा पाँच स्थान उक्लिएको छ, जसले देशको मानव विकासमा भएको निरन्तर सुधार संकेत गर्छ। यद्यपि नेपाल अझै पनि मध्यम स्तरको मानव विकासको श्रेणीमै कायम रहेको छ।

प्रतिक्रिया