श्रावण १५ २०८२, बिहिबार

भारत–नेपाल सीमामा तुर्कीको गतिविधि तीव्र, सुरक्षा चुनौतीको रुपमा भारत चिन्तित

भारतको छिमेकी राष्ट्र नेपालका सीमावर्ती क्षेत्रमा तुर्कीले मस्जिद र मदरसा निर्माण गरिरहेको विषयमा भारतले गम्भीर चासो व्यक्त गरेको छ।
Ads

भारतको छिमेकी राष्ट्र नेपालका सीमावर्ती क्षेत्रमा तुर्कीले मस्जिद र मदरसा निर्माण गरिरहेको विषयमा भारतले गम्भीर चासो व्यक्त गरेको छ। पाकिस्तानको नजिकको मित्र राष्ट्र मानिने तुर्कीले पछिल्ला दिनमा नेपालमा आफ्नो प्रभाव विस्तार गरिरहेको खुफिया रिपोर्टहरूमा उल्लेख गरिएको छ।

भारतीय मिडिया News18 का अनुसार, तुर्कीले नेपालको सीमावर्ती जिल्लाहरूमा धार्मिक तथा सामाजिक संरचनाहरू निर्माण गर्दै पाकिस्तान समर्थित धार्मिक सञ्जाल विस्तार गर्ने प्रयास गरिरहेको छ। यसले भारतको सीमा सुरक्षा, सामाजिक सन्तुलन र कट्टरपन्थी सोचको सम्भावित विकासतर्फ संकेत गरेको छ।

Ads

रिपोर्टमा भनिएको छ कि तुर्कीको यस्ता गतिविधिले भारतलाई रणनीतिक रूपमा कमजोर पार्न सक्ने सम्भावना रहेको छ। विगतमा पनि कश्मीर मुद्दामा तुर्कीले खुला रूपमा पाकिस्तानको पक्ष लिँदै भारतको विरोध गर्दै आएको थियो। 'अपरेशन सिन्धूर' का बेलामा पनि तुर्कीले पाकिस्तानलाई सैनिक र कूटनीतिक समर्थन प्रदान गरेको थियो।

यतिबेला तुर्कीको नेपालमा बढ्दो उपस्थिति, विशेष गरी धार्मिक गतिविधिहरूको नाममा भइरहेको प्रभाव विस्तारले भारतलाई थप सतर्क बनाएको छ। भारतले यसलाई आफ्नो सीमा सुरक्षासँग जोडेर हेर्न थालेको छ। अबको अवस्थामा भारत र नेपालबीच कूटनीतिक तहमा समेत छलफल बढ्ने सम्भावना उच्च छ।

Ads

नेपाल सरकारको तर्फबाट यस विषयमा हालसम्म कुनै आधिकारिक टिप्पणी आएको छैन। तर भारतको गहिरिँदो चासोले नेपालभित्र विदेशी प्रभाव र धार्मिक सन्तुलनका विषयमा बहस तीव्र हुने संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार