श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ, सरकारी कोष दुरुपयोगको आरोप
श्रीलंकाका पूर्व राष्ट्रपति रणिल विक्रमसिंघेलाई सरकारी कोष दुरुपयोग गरेको आरोपमा प्रहरीद्वारा पक्राउ गरिएको छ। बीबीसी हिन्दीले श्रीलंकन प्रहरीलाई उद्धृत गर्दै उनी पक्राउ परेको पुष्टि गरेको हो।
आरो।पअनुसार, सन् २०२३ मा न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्र महासभाबाट फर्कँदा उनले आफ्नी पत्नीसमेतसँग निजी कामका लागि लण्डनमा केही दिन बिताएका थिए। त्यस क्रममा भएको सम्पूर्ण खर्च सरकारी कोषबाट व्यहोरेको दाबी गरिएको छ।

विक्रमसिंघेलाई शुक्रबार राजधानी कोलम्बोस्थित मजिस्ट्रेट अदालतमा पेश गरिने छ। यसअघि उनले आपराधिक अनुसन्धान विभाग (सीआईडी) मा बयान दिइसकेका थिए।
यद्यपि, उनले आफूविरुद्धको आरोप अस्वीकार गर्दै लण्डनमा विभिन्न बैठकहरूमा सहभागी भएको बताएका छन्।

रणिल विक्रमसिंघे सन् २०२२ देखि २०२४ सम्म श्रीलंकाको राष्ट्रपति पदमा रहे। उनी आर्थिक संकट र तीव्र विरोध प्रदर्शनको बीचमा सत्तामा पुगेका थिए। त्यतिबेला उनका पूर्ववर्ती राष्ट्रपति गोटाबाया राजपक्षे जनआन्दोलनका कारण देश छोडेर विदेशतिर गएका थिए।
प्रतिक्रिया