वैशाख ०८ २०८३, मंगलबार

विपिन जोशीको रिहाइका लागि राष्ट्रपति पौडेलद्वारा जोर्डन राजालाई पहल गर्न आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएर राखेका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
Ads

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएर राखेका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आवश्यक पहल गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले मंगलबार राजा अब्दुल्लालाई पत्र पठाउँदै जोशीको अवस्था पत्ता लगाउने, सुरक्षित रिहाइ सुनिश्चित गर्ने र स्वदेश फिर्तीका लागि मानवीय तथा कूटनीतिक पहल गर्न आग्रह गरेका हुन् । उनले पत्रमा यस प्रयोजनका लागि जोर्डनले चाल्ने सबै कदमलाई नेपाल र नेपाली जनताले उच्च प्रशंसा गर्ने उल्लेख गरेका छन् ।

Ads

यसअघि आइतबार जोशीकी आमा र बहिनीले राष्ट्रपति भवन शीतल निवासमा भेट गर्दै छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले जोशीलाई मुक्त गराउन थप प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।

यसैबीच, परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै जोशीको अवस्था अझै यकिन नभएको जनाएको छ । मन्त्रालयका अनुसार हमासको कब्जाबाट मुक्त गराई स्वदेश फिर्ता ल्याउने विषयमा नेपाल सरकार निरन्तर प्रयासरत रहेको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार