असार ११ २०८३, बिहिबार

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे

राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ।
Ads

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ।

बैठकमा अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ। त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।

Ads

राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश टेबुल गर्नेछन्।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।

Ads

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ लाई पनि दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार