वैशाख ०८ २०८३, मंगलबार

प्रधानमन्त्री ओली आज प्रतिनिधिसभामा विशेष सम्बोधन गर्दै

Ads

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन्।

सभामुख देवराज घिमिरेका अनुसार चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले आफ्नो आगामी भ्रमणबारे सदनलाई जानकारी गराउने कार्यक्रम छ। प्रधानमन्त्री ओली भोलि (शनिबार) चीन प्रस्थान गर्ने तय भएको छ।

Ads

ओलीले यसअघि नै लिपुलेक विवादमा भारत र चीन दुबैसँग स्पष्ट र कूटनीतिक ढंगले कुरा उठाउने प्रतिबद्धता व्यक्त गरिसकेका छन्। उनले संसद्को विश्वास लिएर चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सो विषयमा प्रष्ट कुरा गर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार