नेपाल र ओमानबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलासम्बन्धी अध्ययनका लागि छिटै सम्झौता हुने
काठमाण्डाै – नेपाल र ओमानबीच श्रम, स्वास्थ्य, पर्यटन र परराष्ट्र मामिलासम्बन्धी अध्ययनका लागि छिटै सम्झौता हुने भएको छ ।

मन्त्री राणाले नेपालमा पर्यटनको क्षेत्रमा लगानी गर्न ओमान इच्छुक रहेको आफूले पाएको बताउनुभयो । यस्तै ओमान पक्षले नेपाली श्रमिकहरू काममा लगनशील र इमानदार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने जनाएको छ ।

यस्तै ओमानका विदेशमन्त्री बल्सुसैदीले राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ । विदेशमन्त्री बल्सुसैदी आजै फर्कने कार्यक्रम छ ।
प्रतिक्रिया