चीनमा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
काठमाडौं । चीनको तियानजिनमा जारी सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मार्फत ओलीसँगको भेटले आफू हर्षित भएको बताएका छन्। उनले नेपाल र भारतबीचको सम्बन्धलाई ‘अत्यन्तै गहिरो र विशेष’ भएको भन्दै आपसी मित्रता अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

दुवै प्रधानमन्त्री शिखर सम्मेलनमा सहभागी हुन तियानजिन पुगेका थिए। सोही क्रममा उनीहरूबीच साइडलाइन भेटवार्ता भएको हो। भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामबारे सामान्य कुराकानी भएको बताइएको छ।
प्रतिक्रिया