हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’मा विपिन पनि
४ असोज, काठमाडौं ।
हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ। त्यसमा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरिएको छ।

सञ्चार संस्था अल जजिराका अनुसार, इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरलाई ध्वस्त पार्ने अभियान चलाइरहेको समयमा यो तस्वीर सार्वजनिक गरिएको हो।
यद्यपि ‘बिदाइ तस्वीर’ भनिए पनि ती बन्दीहरूको वास्तविक अवस्थाबारे केही खुलाइएको छैन। टाइम्स अफ इजरायलले यसलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब दिन हमासले प्रयोग गरेको उल्लेख गरेको छ।

हमासले भने इजरायली हवाई तथा स्थलगत आक्रमणले बन्दीहरूको जीवन जोखिममा परेको जनाएको छ। समूहले गाजाको विभिन्न टोल–छिमेकमा बन्दीहरूलाई राखिएको दाबी पनि गरेको छ।
यसअघि पनि हमासले केही बन्दीहरूको भिडियो सार्वजनिक गरेको थियो, जसले इजरायली समाज र अन्तर्राष्ट्रिय समुदायमा ठूलो आक्रोश निम्त्याएको थियो।

प्रतिक्रिया