सहकारी छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
हिजो बसेको मन्त्रिपरिषद् बैठकले सांसद सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा बनेको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको हो ।
संसदीय विशेष समितिले सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचलन भएको निष्कर्षसहित पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेसहित जीबी राई, कुमार रम्तेल र छविलाल जोशीलाई कारबाही गर्न सिफारिश गरेको छ ।

विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै छानबिन गर्नका लागि प्रतिनिधिसभाले गएको जेठ १५ गते सहकारी छानबिन विशेष समिति गठन गरेको थियो ।
प्रतिक्रिया