गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबई, जजिरा र थाई एयर एशियाका उडान सुरु
भैरहवा, कपिलवस्तु - लामो प्रतीक्षापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबई, जजिरा एयरलाइन्स र थाई एयर एशियाले उडान सञ्चालन गर्ने भएका छन्।

फ्लाई दुबईले कात्तिक २४ गतेदेखि दैनिक दुबई–भैरहवा र भैरहवा–काठमाण्डौ–दुबई उडान सुरु गर्नेछ। यस्तै, जजिरा एयरलाइन्सले कात्तिक १२ गतेदेखि हप्तामा तीन पटक उडान पुनः सञ्चालन गर्ने योजना बनाएको छ। यसअघि १० महिना उडान स्थगित गरेको जजिराले प्राविधिक कारणले उडान रोकेको थियो।
थाई एयर एशियाले पनि गौतमबुद्ध विमानस्थलमा उडान थाल्ने तयारी गरेको छ। यसले नेपाल र थाइल्याण्डबीचको हवाई सम्पर्कलाई थप मजबुत बनाउने विश्वास गरिएको छ। विमानस्थलले उडानका लागि आवश्यक भन्सार, अध्यागमन, र सुरक्षालगायत सबै व्यवस्थाहरू पूरा गरेको छ।

सरकारले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सहुलियत र आकर्षक प्याकेज प्रदान गर्दै थप अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न पहल गरिरहेको छ।
अधिक जानकारीका लागि सम्पर्कमा रहनुहोस्।

प्रतिक्रिया