चैत्र ०८ २०८२, आइतबार

बाङ्लादेशमा प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामूहिक विरोध प्रदर्शन

हजारौँ बंगलादेशी प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामूहिक विरोध प्रदर्शनका लागि आइतबार मध्यढाकामा भेला भएका छन्। प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौँ प्रदर्शनकारी र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा थप आठजनाको मृत्यु भएको छ। सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको र्‍यालीका क्रममा जुलाईदेखि शनिबारसम्म भएका हुलदंगामा दुई सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। राष्ट्रव्यापी नागरिक अवज्ञा अभियानका प्रमुख प्रदर्शनकारीमध्ये एक आसिफ महमुदले समर्थकहरूलाई सरकारविरुद्ध लड्न तयार हुन आग्रह गरे। ‘बंगलादेशलाई स्वतन्त्र बनाउने तयारी गर्नुहोस्,’ उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
Ads

हजारौँ बंगलादेशी प्रदर्शनकारी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामूहिक विरोध प्रदर्शनका लागि आइतबार मध्यढाकामा भेला भएका छन्। 

प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौँ प्रदर्शनकारी र सुरक्षाकर्मीबीच आइतबार झडप हुँदा थप आठजनाको मृत्यु भएको छ। सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको र्‍यालीका क्रममा जुलाईदेखि शनिबारसम्म भएका हुलदंगामा दुई सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्।

Ads

राष्ट्रव्यापी नागरिक अवज्ञा अभियानका प्रमुख प्रदर्शनकारीमध्ये एक आसिफ महमुदले समर्थकहरूलाई सरकारविरुद्ध लड्न तयार हुन आग्रह गरे। ‘बंगलादेशलाई स्वतन्त्र बनाउने तयारी गर्नुहोस्,’ उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

पूर्वसेना प्रमुख जनरल इकवाल करिम भुइयाँले प्रदर्शनसँग समर्थित रहेको प्रतिबिम्बित गर्दै आफ्नो फेसबुक प्रोफाइल तस्बिर रातो बनाएका छन्।

Ads

 

वर्तमान सेना प्रमुख वाकर–उज–जमानले शनिबार ढाकाको सैन्य मुख्यालयमा अधिकारीसँग कुरा गर्दै बंगलादेशी सेना जनताको विश्वासको प्रतीक रहेको बताएका थिए।

Ads

 

त्यसै दिन सेनाले विज्ञप्ति जारी गरी भनेको थियो, ‘हामी सधैँ जनताको पक्षमा उभिएका छौँ र जनताको हित र राज्यको कुनै पनि आवश्यकताको समयमा जनताको साथमा  हुनेछौँ ।’ विज्ञप्तिमा सेनाले विरोध प्रदर्शनलाई समर्थन गरेको छ वा छैन भनेर स्पष्ट रूपमा भनिएको छैन।

 

सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको र्‍यालीले जुलाईमा निम्त्याएको हुलदंगामा दुई सयभन्दा बढी व्यक्तिको ज्यान गएको छ। सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनर्स्थापित गरेको भए पनि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै यस साता ठूलो संख्यामा जनता पुनः सडकमा फर्किएका छन्। (रासस/एएफपी)

प्रतिक्रिया

सम्बन्धित समाचार