श्रावण १४ २०८२, बुधवार

पाठेघरको मुख क्यान्सरविरुद्ध एचपीभी खोप अभियान अभिमुखीकरण गोष्ठी सम्पन्न

Ads

 

गौरादह नगरपालिका, स्वास्थ्य शाखाको आयोजनामा २०८१ माघ ९ गते पाठेघरको मुख क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम गौरादह नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो।

Ads

गोष्ठीमा प्रमुख अतिथिको भूमिकामा प्रमुख प्रशासनिक अधिकृत युबराज खतिवडा रहेका थिए। स्वास्थ्य शाखा प्रमुख परशुराम भट्टराई, वडा अध्यक्षहरू, सञ्चारकर्मी, तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो।

 कार्यक्रममा सहजीकरण प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अभियान प्रमुख श्याम भण्डारी ले गरेका थिए भने कार्यक्रम सञ्चालन नगर स्वास्थ्य उपसंयोजक बिनोद थापाले गरे।

Ads

कार्यक्रमले खोप अभियानलाई प्रभावकारी बनाउन जनचेतना र समन्वयलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। आयोजकहरूले यो अभियानले पाठेघरको मुख क्यान्सरको जोखिम घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार