मर्स्याङ्दी नदीमा बस दुर्घटना, २१ को मृत्यु, २२ घाइते
काठमाण्डाै – तनहुँको मर्स्याङ्दी नदीमा खसेको बसमा रहेका ४३ जनामध्ये कम्तीमा २१ जनाको ज्यान गएको छ । दुर्घटनाबाट २२ जना घाइते भएका प्रहरीले जनाएको छ ।
बसमा ४१ जना यात्रु र चालक दलका दुई जना गरी ४३ जना सबै भारतीय नागरिक सवार थिए ।

घाइतेमध्ये १२ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ पठाइएको छ ।
पोखराबाट काठमाण्डौका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस आज बिहान साढे ११ बजे पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै मर्स्याङ्दी नदीमा खसेको हो । आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस नदी किनारमा अड्किएको छ । तस्बिर BBC

प्रतिक्रिया