श्रावण १५ २०८२, बिहिबार

गौरादहमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर अधिवेशन सम्पन्न, जगत अधिकारी सभापतिमा चयन

Ads

 

 

Ads

गौरादह, वैशाख २८ – राष्ट्रिय स्वतन्त्र पार्टीको गौरादह नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। गौरादह ३ स्थित दशमी पार्टी प्यालेसमा आज आयोजित अधिवेशनले जगत ब. अधिकारीलाई सर्वसम्मत रूपमा नगर सभापतिमा चयन गरेको छ।  उपसभापतिमा निर्मला शर्मा, सचिवमा प्रविण बस्नेत र सह-सचिवमा अर्जुन खड्कालाई चयन गरिएको छ। त्यस्तै, कार्यसमितिका सदस्यहरूमा मिन देवी सापकोटा, राजेश्वर प्रसाई (राजन), दुर्गा प्रसाद अधिकारी, होम प्रसाद उप्रेती, गोमा सिवा, गौरी मुर्मु, टीकाराम थापा, खेम प्रसाद लुइँटेल र राजेन्द्र कुमार न्यौपाने रहेका छन्। केहि अनुहार नयाँ भएपनि सभापति लगायत अन्य मुख्य मुख्य पदमा पुरानै अनुहार दोहोरिएका छन् । 

नवगठित नगर समिति गौरादहमा संगठन सुदृढीकरणका लागि सक्रिय भएर लाग्ने जनाएको छ। पार्टीको संगठनात्मक विस्तार र स्थानीय राजनीतिक सशक्तिकरणलाई प्राथमिकता दिँदै नयाँ नेतृत्व अघि बढ्ने प्रतिबद्धताका साथ अधिवेशन सम्पन्न गरिएको हो।

Ads

 

प्रतिक्रिया

सम्बन्धित समाचार
श्रावन ०२ २०८२,शुक्रबार