वैशाख ०३ २०८३, बिहिबार

प्रधानमन्त्री ओलीको भनाइ: ‘सगरमाथा’ नै असली नाम, ‘एभरेष्ट’ नक्कली नाम हो

Ads

 

१८ वैशाख, विराटनगर — प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको नामबारे ऐतिहासिक र राष्ट्रिय पहिचानको संरक्षण गर्न जोड दिँदै "माउन्ट एभरेष्ट" भन्ने नामलाई नक्कली भनेका छन्।

Ads

कोशी प्रदेश लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री ओलीले सगरमाथालाई “माउन्ट एभरेष्ट” भन्नु ऐतिहासिक दृष्टिले गलत रहेको दाबी गरे। उनले भने, “एभरेष्टसँग सगरमाथाको कुनै सम्बन्ध छैन, त्यसैले सगरमाथा नै भन्नुपर्छ। ‘सगरमाथा इज सगरमाथा’ – प्रपर नाउन भनेकै त्यही हो।”

उनका अनुसार ‘माउन्ट एभरेष्ट’ नाम एकजना बेलायती नापी विज्ञ सर एभरेष्टको नामबाट आएको हो, जसले सगरमाथालाई होइन, ल्होत्सेलाई अग्लो ठानेका थिए।

Ads

प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवका प्रतीकहरूको नाममा बाह्य प्रभाव नराख्नुपर्नेमा जोड दिँदै सगरमाथाको असली नाम र पहिचान जोगाउन आग्रह गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार