वैशाख ०३ २०८३, बिहिबार

निर्मला पन्त प्रकरणमा पत्रकार खेम भण्डारीलाई एक महिना कैद सजाय, १ लाख क्षतिपूर्ति

Ads

 

कञ्चनपुर — चर्चित निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा तथ्यहीन सामग्री प्रकाशन गरेको ठहर गर्दै कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई जिल्ला अदालतले एक महिना कैदको सजाय सुनाएको छ। साथै, अदालतले उनलाई एक लाख रुपैयाँ क्षतिपूर्ति र १० हजार रुपैयाँ जरिवाना समेत तिर्न आदेश दिएको छ।

Ads

जिल्ला अदालत कञ्चनपुरका सूचना अधिकारी राजेन्द्र बहादुर चन्दका अनुसार पत्रकार भण्डारीमाथि तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टका छोरा किरणराज विष्टले 'गाली बेइजती' सम्बन्धी कसुरमा उजुरी दिएका थिए। पत्रकार भण्डारीले सामाजिक सञ्जाल तथा समाचार माध्यममा किरणराजलाई बलात्कार र हत्यामा जोड्दै तथ्यहीन आरोपसहित सामग्री सार्वजनिक गर्दै आएका थिए।

अदालतको निर्णयपछि सञ्चार क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र कानुनी दायराको सन्तुलनबारे पुनः बहस सुरु भएको छ। भण्डारी पक्षले निर्णयविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरिरहेको जनाएको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार