जेष्ठ २२ २०८३, शुक्रबार

रेडक्रस जलथल उपशाखाको सभापतिमा रेम खरेल निर्वाचित

Ads

झापा, हल्दिबारी — नेपाल रेडक्रस सोसाइटी जलथल उपशाखाको आज सम्पन्न निर्वाचनमा रेम प्रसाद खरेल सभापतिमा निर्वाचित भएका छन्।

निर्वाचन समितिका अनुसार, उपसभापतिमा पुण्यकुमारी लामिछाने, सचिवमा नितेश शाह, र कोषाध्यक्षमा बलराम गिरी निर्वाचित भएका छन्।

Ads

त्यसैगरी महिला सदस्यमा गीता देवी भण्डारी, खुला सदस्यतर्फ मन कुमार शर्मा, अग्नि प्रसाद शिवाकोटी, राम प्रसाद पोखरेल र भानु भण्डारी विजयी भएका छन्।

Ads

निर्वाचनमार्फत उपसचिवमा किशोर खतिवडा र उपकोषाध्यक्षमा बालकृष्ण बेडारी निर्विरोध निर्वाचित भएका थिए।

जलथल उपशाखामा १,००९ मतदाता रहेकोमा ६९६ मत खसेको थियो। निर्वाचन वडा कार्यालयको प्राङ्गणमा सम्पन्न भएको थियो।

Ads

निर्वाचनमा दुई समूहबीच प्रतिस्पर्धा भएको थियो। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनको नेतृत्व गर्दै रेम प्रसाद खरेलको प्यानल विजयी भएको हो। उनले राप्रपा नेतृत्वको प्यानलका सभापति उम्मेदवार सुरेन्द्र बाह्रकोटीको समूहलाई पराजित गरेका हुन्। image: ijalas.com

स्थानीयस्तरमा रेडक्रस गतिविधि सशक्त बनाउने उद्देश्यसहित सम्पन्न निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार