सुर्खेत जाँदै गरेको बुद्ध एयरको जहाज नेपालगञ्जमा अवतरण
काठमाडौं । काठमाडौंबाट सुर्खेततर्फ गइरहेको बुद्ध एयरको उडान मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थलमा डाइभर्ट भएको छ ।
बुद्ध एयरका अनुसार बिहीबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडेको उडान नम्बर १३७ ‘एटीआर–७२–५००’ जहाज गन्तव्यमा खराब मौसम भएपछि नेपालगञ्जमा सुरक्षित अवतरण गरिएको हो ।

७२ सिट क्षमताको सो जहाजमा रहेका सबै यात्रु सकुशल रहेको एयरलाइन्सले जनाएको छ । साथै, मौसम अनुकूल भएलगत्तै यात्रुहरूलाई वैकल्पिक व्यवस्था गरेर सुर्खेत पुर्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया