नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द हुने, ५ मात्र चल्ने
नेपाल सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतको आदेशअनुसार सूचीकृत नभएका प्लेटफर्महरूलाई नेपालभरि प्रयोगमा रोक लगाइने जानकारी दिएको हो।
मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र पोपोलाइभ गरी पाँचवटा प्लेटफर्म सूचीकरण भइसकेका छन्। यी प्लेटफर्महरू भने निरन्तर सञ्चालन हुनेछन्।

त्यसैगरी, टेलिग्राम र ग्लोबल लिंक सूचीकरण प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ।
बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले फेसबुकलगायत अन्य सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद्ले भदौ ९ गते नेपालमा सञ्चालन भइरहेका सञ्जाल एक साताभित्र सूचीकरण गर्न निर्देशन दिएको थियो। सो म्याद सकिएपछि सरकारले कारबाही अघि बढाएको हो।

मन्त्रालय स्रोतका अनुसार, सूचीकृत नभएका अन्य सञ्जाल फेला परेमा पनि सोही निर्णय लागु हुनेछ।
टिकटक

भाइबर
निम्बज
वीटक
पोपोलाइभ
फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, ट्वीटर (एक्स), लिंक्ड इन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, टम्ब्लर, क्लब हाउस, मास्टोडन, रम्बल, मी वी, भीके, लाइन, इमो, जालो, सोल, हाम्रो पात्रो लगायत।
प्रतिक्रिया