जेष्ठ २२ २०८३, शुक्रबार

चीनले विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक

Ads

सूचना प्रविधि क्षेत्रमा ठूलो फड्को मार्दै चीनले विश्वकै पहिलो सिक्सजी चिप सार्वजनिक गरेको छ । यस प्रविधिले दुर्गम तथा ग्रामीण क्षेत्रमा समेत उच्चगतिको इन्टरनेट सेवा पुर्‍याउने दाबी गरिएको छ ।

बेइजिङस्थित पेकिङ विश्वविद्यालय र हङकङको सिटी विश्वविद्यालयका अनुसन्धानकर्ताले संयुक्त रूपमा तयार गरेको यो चिप पातलो लिथियम नियोबेट फोटोनिक झिल्ली र नवीन संरचनाको प्रयोगबाट विकसित गरिएको हो । नेचर पत्रिकामा प्रकाशित अध्ययन अनुसार यसलाई इन्टिग्रेटेड अप्टोइलेक्ट्रोनिक फ्युजन प्रविधिमा आधारित भनिएको छ ।

Ads

सिक्सजी चिपले ०.५ गिगाहर्जदेखि ११५ गिगाहर्जसम्मका सबै फ्रिक्वेन्सीमा काम गर्न सक्छ । यसको क्षमताले प्रति सेकेण्ड १ सय जिबीसम्म डेटा आदान–प्रदान गर्न सक्ने बताइएको छ । यसै आधारमा ५० जिबी क्षमताको एचडी ८के फिल्म आधा सेकेण्डमै डाउनलोड गर्न सकिने दाबी गरिएको छ ।

चिपसेटको आकार ११ मिलिमिटर गुणा १.७ मिलिमिटर मात्र भए पनि यसले मोबाइल, ल्यापटप वा अन्य स्मार्ट उपकरणहरूमा ‘मस्तिष्क’को भूमिकामा कार्य गर्दै मेमोरी, स्टोरेज र ग्राफिक्सलाई जोड्ने काम गर्नेछ ।

Ads

विशेषज्ञहरूले यो प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच विस्तार हुने भए पनि विद्युत चुम्बकीय विकिरण, साइबर आक्रमण र डेटा गोपनियतामा सम्भावित चुनौती बढ्न सक्ने चेतावनी दिएका छन् ।

फाइभ जी सीमित फ्रिक्वेन्सी रेन्जमा मात्र निर्भर रहँदा, चीनको सिक्सजी चिप भने सम्पूर्ण स्पेक्ट्रम प्रयोग गरेर इन्टरनेट क्षमतामा क्रान्तिकारी परिवर्तन ल्याउने अनुमान गरिएको छ ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार